काठमाडौं– वीर अस्पतालमा विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या भएको छ । बुधबार बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो ।
दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ । ‘करिब बिहान १०–११ बजेदेखि बत्ती छैन,’ अस्पतालका एक कर्मचारीले भने , ‘विद्युत् नहुँदा मोबाइलको बत्ती बालेर बिरामी जाँची रहेका छौँ ।’
प्रतिक्रिया