Logo

मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु भएका शव बुझ्न भारतीय राज्यमन्त्री नेपाल आउँदै

काठमाडौं– तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएको भारतीय नागरिकको शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् ।

घाइते भएका नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन् ।

शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

भदौ ५ मा भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

दुर्घटनामा ज्यान गुमाएकाको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । शनिबार दिउँसोसम्ममा शव परिक्षण सक्काएर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ ।

घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । उनीहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्