आज सुनको मूल्यः १ लाख ५२ हजार ४०० रुपैयाँ


काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँमा कायम भएको छ । शुक्रबार भने यसको मूल्य प्रतितोला १ हजार ८१५ रुपैयाँ थियो ।