Logo

दुर्घटनाग्रस्त बस निकाल्न सुरु, १० बजेसम्म आँबुखैरेनी–मुग्लिन सडकखण्ड बन्द

काठमाडौं, भदौ १० । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टाका लागि पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिने जानकारी दिएको थियो ।

शुक्रबार ऐनापहरा नजिकै दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गरिएको प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले जानकारी दिए।

दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गरिएको उनको भनाइ छ । बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्