Logo

प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँकाे नवनिर्मित भवन उद्घाटन

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्‍घाटन गर्दै उनले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गरे । प्रधानमन्त्री ओलीले सो अवसरमा नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्‍याउने व्यक्तिहरूप्रति आभार प्रकट गरे । भवन प्राप्तीसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए ।

नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्