कलेजो प्रत्यारोपण गर्न आरुषका लागि जुट्यो बीस लाख बढी सहयोग


काठमाडौं– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७ का बालक आरुष श्रेष्ठको उपचारको लागि विभिन्न माध्यमबाट सहयोग जुटेको छ । कलोजे ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्थामा पुगेका नौ वर्षीय आरुषको उपचारका लागि पहिल्यै नै उपचारमा लाखौँ खर्च भएको र थप खर्च चाहिएको भन्दै उनका बुबा सुमन श्रेष्ठले अपिल गरेका थिए । धन र ऋण गरेर उपचारमा करिब ४० लाखजति खर्च भएको र थप उपचारको लागि ३० लाख जति लाग्ने भन्दै उनले सहयोगका लागि अपिल गरेका थिए ।

सोपछि विभिन्न दाताको सहयोग जुटेको छ । खर्च जुटेसँगै उपचार खर्च जुटाउन सञ्चालन गरिएको ‘आरूष बचाउ अभियान’ को समापन गरिएको छ । गत आइतबारदेखि उक्त अभियान समापन गरिएको हो ।

अभियानमा देश तथा विदेशमा रहेका ४ सय ८३ जना दाताहरुबाट बिस लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दाताहरुबाट एक १९ लाख ६७ हजार तीन सय १८ रुपैँया सहयोग रकम बिरामीको बुबा सुमन श्रेष्ठको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको छ।

साथै कोरिया रिटर्नी समुह “नेपाल योंग स्टार फाउन्डेशन” संस्थाको कोष मार्फत् पनि एक लाख ९२ हजार रूपैँया सहयोग भएको छ ।

बिरामी आरुषलाई बुबा सुमनले आफ्नो कलेजो काटेर दान गर्ने भएका छन् । शहिद धर्मभक्त अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा अप्रेशन पुर्वको तयारी भइरहेको छ। लिभर डोनर र बिरामी दुबैको सम्पुर्ण स्वास्थ्य चेक जांच परिक्षण नियमित भइरहेको छ। बिरामी र डोनर दुबैको स्वास्थ्य अवस्था अनुकुल भएका चिकित्सकहरुको सुझावमा अबको दुई हप्ता भित्र अप्रेशन गर्ने तयारी रहेको बताइएको छ ।

सहयोग दाताहरुको नामावली