आयल निगमका कर्मचारीको हत्या, हत्या आरोपमा एक जना पक्राउ
धनुषा– नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ ।
सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत राकेश कुमार वर्माको शुक्रबार बिहान हत्या भएको हो । उनलाई बेल्चाले हानेर डिपोकै अर्का कर्मचारीले हत्या गरेको बताइएको छ ।
धनुषाको सबैला नगरपालिका– १० घर भएका डिपोका कर्मचारी प्रकाश यादवले वर्माको हत्या गरेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आज विहान करिब १० बजे वर्माको हत्या भएको जानकारी दिए । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए ।
मृतक वर्माको शव अहिले घटनास्थलमै छ ।