ललितपुर– ललितपुर महानगरपालिका वडा–१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएको छ । ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको कोलोनी आसापास चितुवा देखियो हो । चितुवा कसरी त्यहाँ पुग्यो भन्नेमा स्थानीय अनविज्ञ छन् ।
कोलानी नजिकैको झाडीमा तीनवटा चितुवा हुनसक्ने स्थानीयको भनाइ छ । स्थानीयका भनाइमा दुईवटा बच्चासहित कम्तिमा एउटा वयस्क चितुवा सो क्षेत्रमा बसिरहेको छ ।
चितुवाले कोलोनीमा कुकुरहरु मारिरहेको र मानवीय क्षतिसमेत गर्नसक्ने त्रास रहेको त्यहाँका स्थानीयले बताएका छन् । उनीहरुले प्रहरी, प्रमुख जिल्ला अधिकारी, वन कार्यालय र वडा कार्यालयलाई पनि सूचित गरेको तर अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।
प्रतिक्रिया