Logo

मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको गुठीको बैठकले २०८० सालको मदन पुरस्कारबारे निर्णय गरेको हो । मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, जगदम्बा श्री पुस्कार प्राडा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय भएको छ । जगदम्बा श्री पुस्कारको पनि राशी चार लाख रुपैयाँ नै रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्