Logo

धुलिखेल जना प्रधानमन्त्री ओलीले प्रयोग गरेको हेलिकप्टरमा समस्या देखिएपछि…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल जान हेलिकप्टर प्रयोग गरेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री ओली काभ्रेको धुलिखेल जानका लागि प्रयोग गरेको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो । त्यसपछि फर्किने क्रममा अर्को हेलिकप्टरमा फर्किएका सैनिक स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले काभ्रे जाँदा प्रयोग गरेको सेनाको एनए ०६७ हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि नेपाली सेनाको एमआइ १७ हेलिकप्टर चढेर प्रधानमन्त्री ओली काठमाडौं फर्किएका हुन् ।

काठमाडौंबाट धुलिखेल जाने सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तारको क्रममा छ । विस्तारका क्रममा सडक बिग्रीएकाले हेलिकप्टरको प्रयोग गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्