चितवन— चट्याङ लागेर आइतबार चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।
चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान ९ बजे माडी नगरपालिका–१ शिकारीपुरकी ५० वर्षीया सरस्वती महतोलाई चट्याङ लागेको थियो । उपचारका क्रममा १० बजेर ५० मिनेट जाँदा उनको मृत्यु भएको हो ।
भैंसीगोठमा गएका बेलामा चट्याङ लागेको उनलाई उपचारका लागि माडी बघौडा अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया