Logo

उस्तै समयमा स्थापित तयारी पोशाक उद्योगमा नेपालभन्दा बंगलादेश ६२ गुणा अगाडी

काठमाडौं– बंगलादेशको पछिल्लो राजनैतिक घटनाक्रमपछि नेपालमा पनि त्यस्तै अवस्था दाँजिन थालिएको छ । तर बंगलादेशको राजनीतिक अवस्था जे जस्तो भएपनि त्यहाँको आर्थिक अवस्था भने नेपालको तुलनामा निकै राम्रो छ ।

बंगलादेशको मुख्य आम्दानीको स्रोत हो त्यहाँको कपडा उद्योग । बंगलादेशले कपडा निर्यात गरेर नै आफ्नो देशलाई आर्थिक रुपमा सबल बनाएको छ । बंगलादेशको अर्थतन्त्रको खम्बा बनेको कपडा उद्योग भने नेपालमा कपडा उद्योग स्थापना भएको समयितन नै स्थापना भएको थियो ।

सन् १७८० मा नेपाल र बंगलादेशमा नै तयारी पोशाक उद्योगको स्थापना भइसकेको थियो । अहिले ४४ वर्षपछि भने यसको प्रगतीमा आकाश जमिनको फरक रहेको छ । बंगलादेशले कपाडा उद्योगबाट नेपालको भन्दा ६२ गुणा बढी आम्दानी गर्दै आएको छ ।

बङ्गलादेशले करिब ५० वटा उद्योग एकैपल्ट स्थापना गरेको थियो । पोसाक उद्योगमा निजी क्षेत्रको आकर्षण बनाउन निर्यातमा २५ प्रतिशतसम्मको नगद अनुदान र अन्य सुविधा प्रदान गरेको थियो । बङ्गलादेशले सन् २०१९ मा ४३ बिलियन अमेरिकी डलर बराबरको तयारी पोसाक निर्यात गरेको थियो ।

हाल बङ्गलादेशमा करिब ४ हजार ३ सय तयारी पोसाक उद्योग छन् । जसले ४० लाखभन्दा बढी जनतालाई रोजगारी दिएका छन् । हाल बङ्गलादेशको वैदेशिक व्यापार घाटा कम गर्ने प्रमुख माध्यम नै तयारी पोसाक निर्यात बनेको छ ।

यस्तै बङ्गलादेशको निर्यातजन्य वस्तु तथा सेवा बिक्री बापत भित्रिने विदेशी मुद्रा अर्थात् कुल मिट्यान्समा करिब ८० प्रतिशत अर्थात् १ करोड १६ लाख १० हजार मिलियन डलरभन्दा बढी योगदान तयारी पोसाकको छ ।

यता नेपालको अवस्था भने चिन्ताजनक छ । २०८० साउनदेखि ०८१ असार मसान्तसम्ममा ९ अर्ब ३० करोड रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालले सन् २००१र०२ मा करिब ४० करोड अमेरिकी डलर बराबरको तयारी पोसाक निर्यात गरेको थियो । त्यति बेला विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख उद्योगको रूपमा तयारी पोसाक उद्योग बनेको थियो । तर सन् २००५ पछि अमेरिकी सरकारसँगको मल्टी फाइबर एग्रीमेन्टको म्याद सकिइ कोटा प्रणालीको अन्त्य भएबाट निकासी क्रमशः घट्न थालेको हो ।

तत्कालीन समयमा ६ अर्ब ५ करोड लगानी भएको तयारी पोसाक क्षेत्रका प्रायजसो उद्योग बन्द भए ।

स्थापनाकालमा करिब एक हजार २८० तयारी पोसाक उद्योग नेपालमा सञ्चालनमा थिइ । जसबाट प्रत्यक्ष एवं अप्रत्यक्ष गरी १० लाख श्रमिकले रोजगारी प्राप्त गरेका थिए । तर अहिले १ सय उद्योगबाट १ लाख ५० हजार श्रमिकले मात्र तयारी पोशाक उद्योगबाट रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्