Logo

प्रकाशको नयाँ यात्राः घरमै पाए नागरिकता

काठमाडौं– ‘हेर्न कथा’ को पछिल्लो एपिसोड ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन् । उनलाई आइतबार घरमै आएर नागरिकता प्रदान गरिएको हो । प्रकाशले ३० वर्षभन्दा बढी समय गोर्खाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा विताएका थिए ।

काठमाडौंमा गलैँचा बुन्ने काममा आएका प्रकाशलाई उमेर नपुगेको भन्दै साहुले निकालिदिएका थिए । त्यसपछि उनी चुमभ्यालीका एक जनासँग उत्तै गएका थिए ।

प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंलगायतको उपस्थितिमा नागरिकता प्रदान गरिएको थियो ।

उनलाई नागरिकता प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्