Logo

एसिड पीडित सांसद कंशाकारले बल्ल पाउने भइन् क्षतिपूर्ति

काठमाडौं– सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रहेकी एसिड पीडित बिन्दबासिनी कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

कंसाकारको उपचारमा खर्च भएको रकमध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उक्त रकम प्रतिवादीबाट असुल गरी पीडित राहत कोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए ।

बैठकले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमका लागि युरोपियन युनियन र युनिसेफबाट २५ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ।

मन्त्री गुरुङले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने दुई मिलियन युरो बराबरेको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताए।

 

प्रतिक्रिया दिनुहोस्