Logo

पारालिम्पिक्स पदक विजेता पलेशालाई बालेनले दिए पाँच लाख

काठमाडौं– काठमाडौं महानगरपालिकाले पारालिम्पिक्स पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गरेको छ । बुधबार महानगरपालिकाले पलेशा र उनको कोचलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

महानगरबाट मेयर बालेन्द्र शाह  र उपमेयर सुनिता डंगोलले पलेशालाई पाँच लाख रुपैयाँसहित सम्मान गरेका छन् । यस्तै कोच कवि राज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

 

प्रतिक्रिया दिनुहोस्