Logo

डेङ्गी सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन– चितवनमा डेङ्गी सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

ज्वरो आएर उपचारका लागि गएको शुक्रवार अस्पताल भर्ना भएका उनको बुधबार ज्यान हो । बिरामीमा कडा खालको डेङ्गी देखिएको अस्पतालका एक डाक्टरले बताएका छन् ।

यसअघि शनिवार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गी सङ्क्रमणका कारण ज्यान गएको थियो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्लाबाहिरका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्