Logo

चारदिनदेखि सुनको मुल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ। सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रहेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको थियो।

यसैगरी, चाँदीको मूल्य भने बुधबारभन्दा तोलामा १० रुपैयाँले बढेको छ। चाँदी तोलामा एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्