Logo

लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ मा

रूपन्देही– लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बुधवार बस्ने भएको छ । प्रदेशसभाको आगामी बैठक भदौ २३ गते बस्ने पूर्व जानकारी गराइएको थियो । तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको छ ।

लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक भदौ २६ गते बस्ने तय भएको हो। बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्नेसम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्