Logo

निजामती सेवासम्बन्धी विधेयकमाथी सैद्धान्तिक छलफल सुरु

काठमाडौं– संसदीय समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकमाथी छलफल सुरु भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि विधेयकमाथी सैद्धान्तिक छ्लफल सुरु भएको हो ।

यो विधेयक २१ फागुन २०८० मा दर्ता भएको थियो । विधेयक संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार आज सैद्धान्तिक छलफल हुनेछ । यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने उनले बताए ।

विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्