Logo

कवाड व्यवसायी समाजले सहज रुपमा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री ओलीको गराए ध्यानाकार्षण

कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएको हो । वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुलाई काठमाडौं महानगरपालिकाले व्यवसायीहरु माथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ ।

महानगरले वातावरण फोहर गरेको, आगलागीका घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाड व्यवसायलाई काठमाडौंबाट विस्तापित गर्न खोजेको उनीहरुको आरोप छ । उनीहरुले महानगरले कवाड व्यवसायीमाथि गरिरहेको तोडफोड तत्काल रोक्न लगाई सरल र सहज ढंगले संचालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन् । कवाड व्यवसायमाथि महानगरले तोडफोड गरेको, समान जफत गरेको, अभद्र व्यवहार व्यवसायको दर्ता नविकरण नगरेको र अन्य निकायमा पनि प्यान भ्याट दर्ता गर्न रोक लगाएको उनीहरुको भनाइ छ ।

 

कानुन बमोजिम दर्ता नविकरण गराउन चाहेका कवाड व्यवसायलाई दर्ता नविकरण गराउनुपर्ने, आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भईरहेको अराजक गतिविधि रोक लगाउनुपर्ने र व्यवसाय गर्न पाउने हकको हनन हुन नहुने कवाड व्यवसायीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्