Logo

बारेकोटको वडा सदस्यसहित दुई जना पुरिए

सुर्खेत– जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

उनीहरूको उद्धारक प्रयास भइरहेपनि सफल नभएको वडाध्यक्ष डम्बरबहादुर महताराले बताए ।

चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्