लखनउमा भवन भत्किँदा आठ जनाको मृत्यु, २८ जना घाइते


नयाँ दिल्ली– भारतको उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा एउटा भवन भत्किँदा ठुलो दुर्घटना भएको छ । शनिबार भएको दुर्घटनामा परेर अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २८ पुगेको जनाएको छ । कार्यालयले मृतक र घाइतेको नाम पनि सार्वजनिक गरेको छ ।

यस्तै उक्त घटनाको उद्दार कार्यका लागि घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली खटिएका छन् । एनडीआरएफ, एसडीआरएफ, फायर सर्भिस, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग, ती सबै राहत र उद्धारमा संलग्न रहेको बताइएको छ ।