Logo

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध मुद्दा

काठमाडौं– कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो ।

सरकारले गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै सो रकम भुक्तानी गराइ पाउँ भन्दै बीमक संघले अन्तरिम आदेश माग गरेको छ ।

सरकारले संघलाई रकम भुक्तानी नदिँदा बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्