Logo

गर्भिणी गाईको चोरी गरेर काटेर खाएको आरोपमा चार जना पक्राउ

काठमाडौं– गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

गत भदौ १८ गते राती झापा दमक नगरपालिका वडा नं २ बस्ने लछुमन विष्टको वडा नं १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरी भएको थियो ।

उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगि काटेर मासु लगेको अवस्थामा भेटिएको थियो । गाई चोरी गरेर काटेर खाएको उजुरीका आधारमा अनुसन्धानका क्रममा संलग्नता देखिएका चार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दमकस्थित बेलडाँगी शिविरमा आएका भुटानी शरणार्थीहरू प्रेम बहादुर विष्ट, खगेन्द्र दुलाल, विधान थापाका साथै दमक नगरपालिका वडा नं ४ बस्ने गीता श्रेष्ठ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्