Logo

सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको अभियोगमा प्रदेश सांसद कारागार चलान

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।

सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित भएका थिए ।

गत भदौ ४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदा उनी प्रदेश सभामा उपस्थित भएका थिए । प्रहरीको फरार सूचीमा रहेका सांसद उपस्थित भएर विश्वासको मत दिएपछि निकै आलोचना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्