काठमाडौं– सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको सडक विभागले जनाएको छ ।
नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर र सोह्रखुट्टेदेखि बालाजु क्षेत्रका सडकको खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको छ ।
दसैँ अघि सडक खाल्डाखुल्डी रहित बनाउने लक्ष्य लिएको विभागका सूचना अधिकारी अमितकुमार शर्माले बताए । ‘चार दिन अघिदेखि खाल्डा पुर्ने काम सुरु गरिएको छ । देशका विभिन्न सडकहरूको खाल्डोहरू दसैँअघि नै पुर्ने गरी ठेक्का आह्वान भएको छ,’ उनले भने ।
प्रतिक्रिया