चट्याङ लागेर बालकाको मृत्यु, बालिका घाइते


विराटनगर– चट्याङ लागेर मोरङमा एक बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् ।

आइतबार चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राजाबुलको घर पछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ परेको थियो ।

चट्याङका कारण राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।उनको स्वास्थ्य अवस्था भने सामान्य छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।