चट्याङ लागेर भारतको एकै गाउँका सात जनाको मृत्यु
छत्तीसगढ– भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर कैयौँ घाइते भएका छन् ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
मुख्यमन्त्रीले बालोदबजार ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको र राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिएको उनले बताएका छन् ।
मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ । म दिवङ्गत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’