काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा सुन कारोबार भएको थियो ।
आज चाँदीको मुल्यपनि पाँच रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया