एजेन्सी- अस्ट्रेलियाको ब्रिसबेन शहरमा एउटा शिशुमाथि उम्लिरहेको कफी फ्याँकेर एक पुरुष देशै छाडेर भागेका छन् । यो घटना गत महिनामा घटेको हो ।
३१ अगस्टमा शिशु एउटा परिवार पिकनिक मनाउन ब्रिसबेनस्थित एक पार्कमा पुगेको थियो । सोहि परिवार सँगै ९ महिने शिशु पनि थिए । अपरिचित पुरुषले शिशुको नजिक आएर थर्मसभरिको तात्तातो कफी बच्चामाथि खन्याइदिए ।
शिशुको तत्कालै प्राथमिक उपचार गरियो । कफीले पोलेको ठाउँमा आइस पनि लगाइयो । अस्पताल लगियो । तर शिशुलाई नराम्ररी पोलिसकेको थियो । जसका कारण उनको कयौँ शल्यक्रिया गर्नुपर्यो । ती शिशुको मुहार र पाखुरा गम्भीर रुपमा जलेको बताइएको छ ।
तातो कफी खन्याउने पुरुषको भने घटना भएको १२ घण्टापछि मात्र पहिचान खुलेको थियो । त्यतीबेलासम्म उनी भागिसकेका थिए । उनी अष्ट्रेलिया बस्ने नागरिक नभइ अष्ट्रेलियामा आवातजावत गरिरहने ३३ वर्षका पुरुष रहेको बताइएको छ । उनको नाममा क्विन्सल्यान्डका प्रहरीहरूले पक्राउ पूर्जी जारी गरेका छन् । उनी घटना भएको ६ दिनपछि सिड्नी बिमानस्थलबाट बाहिरीएका थियो । उनी कुन देशतर्फ गएको भन्ने विषयमा प्रहरीले पत्ता लगाइसकेको बताएको छ । तर अनुसन्धानमा समस्या नआवस् भनेर पुरुषको परिचय लगायतका महत्वपूर्ण सूचनाहरुभने प्रहरीले गोप्य राखेको छ ।
पुरुषले ती शिशुमाथि किन तातो कफी खन्याए भन्ने विषयमा अहिलेसम्म थाहा हुन सकेको छैन । उनलाई आजीवन कारावाससम्मको सजाय दिलाउने गरी अभियोग चलाइँदैछ । अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा उनको खोजी भइरहेको छ ।
प्रतिक्रिया