Logo

एक वर्ष कैद फैसला भएका लुम्बिनी सभा सांसद केसी एक दिनमै छुटे

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान भएको भोलिपल्टै छुटेका छन् । ३३ वर्ष अघि उनलाई सरकारी कागज किर्ते अभियोगमा अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

उनले हिजो रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतले उनलाई कैद भुक्तानका लागि कारगार पठाएपनि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को सुविधामार्फत छुटेका हुन् । सो दफामा कैद वापत रकम तिर्न सकिने व्यवस्था रहेको छ ।

२०४८ सालको फैसलामा मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ ले गरेको व्यवस्थाको सुविधा दिन नमिल्ने कानुन व्यवसायीहरु बताउँछन् । धनबहादुरलाई सत्ता र शक्तिको दुरुपयोग गरी उन्मुक्ति दिइएको उनीहरुको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस्