Logo

अमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि

काठमाडौं– अमेरिकाको ह्युस्टनमा हत्या भएको नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि गरिएको छ । आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको उनको सोमबार साँझ परम्परागत हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

उनको शव दुई साताअघि अगस्ट २६ मा अपार्टमेन्टमा फेला परेको थियो । उनलाई चार गोली हानिएको थियो । आफ्नो एक मात्र सन्तानलाई अन्तिम बिदाइ गर्न मुनाकी आमा नेपालबाट गएको साता ह्युस्टन पुगेकी थिइन् ।

उता पाण्डेको शव फेला परेको दुई दिनपछि उनलाई गोली हान्ने ५१ वर्षीय बबी सिंह शाह भएको पहिचान गरिएको थियो । शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्