काठमाडौंका सुगर ड्याडी जो युवकहरुलाई बन्धक बनाएर यातना दिँदै मजा लिन्छन्
काठमाडौं– खुइलिएको तालु र वृद्ध अनुहारको नकाबभित्र छन्, एक सुगर ड्याडी । टिकटक, इन्स्ट्राग्राम जताततै उनले सुगर ड्याडी नामबाटै सोडस मिडिया अकाउन्ड खोलेका छन् । विशेषगरी टिकटकमा ‘सुगर ड्याडी–५० मी’ नामबाट उनी चर्चित छन् । जहाँ युवायुवतीसँग वृद्ध मानिसको नकाब भित्र रहेर झुमिरहेको भिडियोहरु पोष्ट गर्छन् । यसबाहेक उनी हजारका नोटहरु ओछ्यान र कोठाभरि बिच्छाएको र फालिरहेको समेत भिडियो राख्छन् ।
यहि सुगर ड्याडीको डरलाग्दो अपराधले पछिल्लो समय काठमाडौंलाई तरङ्गीत बनाएको छ । ती वृद्ध व्यक्तिको नकावमा सामाजिक सञ्जालमा आउने व्यक्ति हुन् बुढानिलकण्ठ–१ घर रहेका सम्पन्न परिवारका आशिष देउला ।
पछिल्लो समय उनी दुई युवकहरुलाई बन्धक बनाएर यातना दिएको उजुरीको आधारमा हिरासतमा छन् । उनको डरलाग्दो आपराधिक कृयाकलापको बारेमा कुराहरु बाहिर त्यो बेलामा आउन थाल्यो जब एक २१ वर्षीय युवकले उनीबाट चरम यातना भोगेको भन्दै प्रहरीमा उजुरी गरे ।
ती युवकका अनुसार उनले आषिशलाई ठमेलको एक नाइट क्लबमा भेटेका थिए । आफ्ना अन्य साथीहरुले आषिशलाई चिनेको भएकाले उनीपनि घुलमिल हुँदै गए । एक दिन ति युवकलाई सापटी रकम लिएका साथीले रातको समयमा पैसा लिन टेकु दोभान बोलाए । जहाँबाट उनलाई चारपाँच जनाको समुहले पोजेरोमा राखेर लग्यो ।
प्रहरीका अनुसार ती युवकलाक्ष्ए बा७च ६४६१ नम्बरको पजेरोमा राखेर आशिषको समूहले भदौ ७ मा टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगे । त्यहाँ पुगेपछि उनको कपडा च्यातियो र यातना दिन थालियो । युवकले क्लबमा भेट भइरहने आशिषलाई त चिने तर आफुमाथी किन यातना दिइरहेका छन् भन्ने थाहा पाउन सकेनन्।
त्यसपछि फलाममा ड्रिल गर्ने मेशिन देखाएर युवकलाई ड्रिल गरौँ कि आइरनले पोलौँ भनेर एउटा अप्सन छान्न भने । युवकले आफूलाई छाडिदिन बिन्ति गर्न थाले तर उनले दुईमध्ये एउटा अप्सन नरोजी धरै पाएनन् । ड्रिलले शरिर प्वाल पारे बाँच्न नसक्ने तर आइरनले पोलेपनि बाँच्न सकिएका की भन्ने आशमा युवकले आइरन रोजे । जसले उनको ढाडमा आशिषसहित चार जनाले पोले । उनी पीडा सहन नसकेर चिच्याएको देखेर आशिषले भने, ‘मज्जा आयो’ ।
औँलाका नङहरुमा सियोले घोप्दै यातनासमेत दिनथाले । मलद्वारमा लट्ठी घुसार्दै करिब ३ घण्टासम्म चरम यातना दिए र सोहि ठाउँमा भिस दलिदिए। लगभग ३ घण्टासम्म बन्धक बनाएर चरम यातना दिएपछि उनीहरुले युवकलाई छाडिदिए ।
आफुलाई प्रहरीको गएर बन्दक बनाएको विषयमा भनेमा राम्रो नहुनेभन्दै एक युवकको आँखा निकालेको भिडियो देखाएर त्यस्तै हालत बनाउने धम्की दिएको युवकले प्रहरीसमक्ष बताएका छन् । ती युवकबाहेक अर्का एक युवकले पनि आफुलाई बन्धक बनाइर यातना दिएको प्रहरीसमक्ष उजुरी दिएका छन् । पीडित किशोर प्रहरीकोमा पुगेपछि प्रहरीले आशिषसहित चार जनालाई ७ दिन पहिले पक्राउ गरेको छ ।
यातना दिएको आरोपमा टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाइघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई पक्राउ गरेको हो । उनीहरु हाल जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखेर ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
बुढानीलकण्ठमा घर घडेरी भएका धनी बाबुका छोरा रहेको खुलेको छ । उनी कोरोनाको समयमा बुबाको मृत्यु भएपछि आफ्नो कम्पनी सम्हाल्दै आएका छन् । ३३ वर्षका उनको दुई जुम्ल्याहा सन्तान र श्रीमतीसमेत रहेको बताइएको छ । प्रहरीले आशिषमा मानसिक समस्या भएको हुनसक्ने अनुमान गरेको छ । उनी बयानका क्रममा कहिले समान्य त कहिले अपत्यारिला कुरा गर्दै आएका छन् । उनले आफु नाइट क्लबमा गएपनि मदिरा पिउँदै नपिउने गरेको प्रहरीसमक्ष बताएका छन् । उनले आफुले माछा मासु, अण्डा, चुरोट, चिल्लो, पिरो समेत नखाने दाबी गरेका छन् । आशिषबाट यातना भोग्ने पीडितहरुको सङ्ख्या बढ्दैगएपछि अन्य पीडितहरुलाई पनि बाहिर आउन प्रहरीले आह्वान समेत गरेको छ ।