Logo

मामाघर गएकी किशोरीमाथी जबरजस्ती करणीको प्रयास

कञ्चनपुर– कञ्चनपुरमा मामाघर गएकी एक किशोरी जबरजस्ती करणीको सिकार बनेकी छन्। कृष्णपुर नगरपालिका–४ की १७ वर्षीया किशोरीमाथी सोहि नगरपालिका वडा नं २ का दुई युवाले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणीको प्रयास गरेका हुन् ।

२३ वर्षीय रमेश चौधरी र २७ वर्षीय सुरेश चौधरीका नाममा इलाका प्रहरी कार्यालय झलारीमा पीडित किशोरीकी आमाले उजुरी दिएको प्रहरीले जनाएको छ ।
भदौं २१ गते साँझ किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको उनले बताए। मामाघर गएकी किशोरीलाई फोन गरेर काम छ भन्दै जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित पक्षको छ।

घटनाका आरोपी दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्