घुससहित जनकपुरधामका वडाध्यक्ष पक्राउ


महोत्तरी– जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र कर्मचारीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो।

आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरुलाई वडा कार्यालय परिसरबाट नै पक्राउ गरिएको थियो । वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरिदिन उक्त घुस रकम मागेको बताइएको छ ।

घुस मागिरहेको सूचनाको आधारमा पछ्याउँदै जाँदा रंगेहात पक्राउ गरेर उनीहरुमाथी अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।