Logo

धमाधम विद्यार्थीहरु बेहोस् हुन थालेपछि तीन वटा कक्षाको पठनपाठन प्रभावित

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काम्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेपछि विद्यार्थीलाई बिदा दिइएको हो।

सुरुमा एक–दुई जना विद्यार्थीमा मात्रै यस्तो समस्या देखिए पनि तीन दिन अघिदेखि भने २५ भन्दा बढी विद्यार्थीमा समस्या देखिएपछि कक्षाको पठनपाठन नै बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक कमलबहादुर कटवालले बताएका छन् ।

अभिभावकबाट धार्मिक पूजापाठसहित लामा पढाउनुपर्ने सुझाव आएको उनले बताए । विद्यालयले गाउँपालिकालाई मनोपरामर्शका लागि पहल गरिदिन भनेको उनले बताएका छन् र

प्रतिक्रिया दिनुहोस्