जैविक रुपमा आमा बन्न सक्दिनँ: पपस्टार सेलेना गोमेज
काठमाडौं– अमेरिकी पपस्टार तथा अभिनेत्री सेलेना गोमेजले आफु जैविक रुपमा आमा बन्न नसक्ने कुरा खुलाएकी छिन् । मंगलबार प्रकाशित भ्यानिटी फेयर म्यागजिनको कभरस्टोरी अन्तर्वार्तामा उनले आफू जैविक रुपमा आमा बन्न नसक्ने बताएकी हुन् ।
पेशागत रुपमा निकै सफलता कमाएकी उनमा स्वास्थ्य समस्यापनि उत्तिकै छ । वर्षौंसम्म लुपससँग संघर्ष गरेकी सेलेनाले सन् २०१७ मा मिर्गौला प्रत्यारोपण गराएकी थिइन् । जसकारण उनको शरीरमा धेरै परिवर्तन आएको छ ।
सेलेनाले अन्तर्वातामा भनेकी छिन्, ‘मसँग धेरै मेडिकल समस्या छन्, जसले मेरो जीवन र बच्चालाई खतरामा पार्छ । त्यसैले जैविक रुपमा म आमा बन्न सक्दिनँ ।’
यद्यपी अब केहि वर्षमा नै परिवार अघि बढाउन चाहेको उनले बताएकी छिन् । यसको विकल्प सरोगेसी वा एडप्टसन हुनसक्ने उनले बताएकी छन् । केहिसमयदेपख सेलेना बेनी ब्लान्कोसँग प्रेम सम्बन्धमा रहेकी छिन् ।