दुबई– संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा माहराले डिभोर्स नाम परेको पफ्युम लन्च गरेकी छिन् । यसकारण पछिल्लो समय उनको निकै चर्चा चुलिएको छ । यसअघि उनी पति शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमलाई ‘तलाक’ दिएका कारण संसारभरी चर्चामा आएकी थिइन् ।
दुबईकी ३० वर्षीया राजकुमारी शेखा माहराले २०२३ को ‘मे’ मा विवाह गरेकी थिइन् । तर श्रीमान अरुसँग सम्बन्धमा रहेको भन्दै केहीसमय अघि सम्बन्ध विच्छेदको सार्वजनिक रुपमा घोषणा गरेकी थिइन् । उनका श्रीमान र उनको गत मे मा एक छोरी समेत जन्मिएकी छिन् । दुबई जस्तो कट्टर देशमा श्रीमानलाई सार्वजनिक रूपमा सम्बन्ध विच्छेद दिएर चर्चित बनेकी उनले नयाँ परफ्युम लन्च गरेकी हुन् ।
जसको नाम ‘डिभोर्स’ राखेकी छिन् । उनले आफ्नो ब्राण्ड माहरा एम १ अन्तर्गत डिभोर्स नाम गरेको पर्फ्युम लन्च गरेको सोमबार आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत जानकारी दिएकी हुन् ।
उनले इन्टाग्राममा पर्फ्युमको टिजर शेयर गरेकी छन् । पोस्टमा कालो पफ्युमको डब्बामा सेतो अक्षरले डिभोर्स लेखिएको छ । टिजरमा शिशाको टुक्रा, कालो पत्र र कालो ढुङ्गा देखाइएको छ ।
प्रतिक्रिया