काठमाडौं– भारतको उत्तराखण्ड राज्यमा केदारनाथ धाम यात्रा मार्ग नजिकै अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
पहिरोमा परी अन्य तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेको स्थानीय अस्पतालमा भइरहेको बताइएको छ । पहिरोमा अन्य यात्रु पनि पुरिएको हुने सक्ने आशंकाबीच राहत र उद्धार कार्य भने जारी राखिएको छ। यी यात्रुहरू गौरीकुण्डबाट पहिरो प्रभावित क्षेत्र हुँदै सोनप्रयागतर्फ जाँदै गरेको क्रममा घटना हुन पुगेको बताइएको छ ।
सोमबार साँझ करिब ७ः३० बजे केही यात्रु भग्नावशेषमा पुरिएको सूचना प्राप्त भएपछि प्रहरी, प्रशासन, केन्द्रीय जिल्लाका उद्धार टोलीले संयुक्त उद्धार अभियान चलाएको थिए । मंगलबार बिहानसम्ममा पाँच जनाको शव फेला परेको थियो ।
प्रतिक्रिया