प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक आह्वान गरेका छन् । उनले बुधबार अपरान्ह ५ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बुझिएको छ । संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।