गाविस सचिव हुँदा माखो नमार्ने नै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत
काठमाडौं– भोजपुरको अरूण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी) मा विवादित पात्रलाई पठाइएको छ। गाउँ विकास समितिको सचिव हुँदा अरुण गाउँपालिका कै विभिन्न वडामा बसेर माखो नमारेका विवादित अग्नि पराजुलीलाई अरुण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जबजस्ती तरिकाले विवादित पराजुलीलाई अरुण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको आरोप लागेको छ।
अरुण गाउँपालिकाका तत्कालीन गाउँ विकास समितिमा जनप्रतिनिधि नहुँदा गाविस सचिवको हैसियतमा एकछत्र राज गरेर त्यो ठाउँमा कुनै योगदान दिन नसकेका पराजुलीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउनु रहस्यको विषय बनेको छ।
उनी गविस सचिव हुँदा विकास र प्रशासनिक कामभन्दा राजनीति बढी गरेको स्थानीयहरु बताउँछन्। यस्ता व्यक्तिलाई मन्त्रालयले के आधारमा अरुण गाउँपालिकाको कार्यकारी बनाएर पठाए को भन्दै स्थानीय प्रश्न समेत गरेका छन्।
बढुवा मार्फत शाखा अधिकृत बनेका पराजुलीलाई अरुण जस्तो विकासका लागि तग्रिरहेको ठाउँमा पठाउँदा केन्द्रीय सत्ताबाट ठूलो धोका भएको छ। यस्ता विवादित पात्रलाई अरुणको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल सच्चाउनुपर्छ।