Logo

तीन दिनसम्म संविधान दिवस मनाउँदै लुम्बिनी सरकार

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले ‘संविधान दिवस २०८१’ लाई विभिन्न कार्यक्रम सञ्चालन गरेर तीन दिन मनाउने तयारी गरेको छ । दोस्रो संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको हो ।

यसका लागि मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ । आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेशभित्र आयोजना गरिने विभिन्न कार्यक्रम समितिले स्विकृत गरेको छ ।

असोज २ गते राष्ट्रिय झन्डा फहराउने, सरसफाई, स्वास्थ्य जाँच गर्ने, संविधान कार्यान्वयनका विषयमा छलफल गरिनेछ । आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दीपावली गर्न आह्वान गरिएको छ ।

असोज ३ गते संविधान दिवसको मूल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभात फेरीको आयोजना गरिने भएको हो ।

यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्