सुनसरीबाट २३५ केजी गाँजासहित जिप नियन्त्रणमा
काठमाडौं– सुनसरीबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट प्रहरीले गाँजासहितको उक्त जितप नियन्त्रणमा लिएको हो ।
भोक्राहाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्रले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा गाडी फसेको थियो । त्यसपछि चालक गाडी छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।