Logo

पाकिस्तानमा भुकम्प, भारतसम्म पराकम्पन

काठमाडौं– बुधबार पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरिएको छ ।

भूकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको केन्द्रबिन्दु पाकिस्तानको करोरबाट २५ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्