Logo

कलाकार भिषामा विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा ईकु पक्राउ

काठमाडौं- ईकु नामबाट चर्चित हास्य कलाकार सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकार भिषामा युरोप पठाउने भन्दै लाखौँ रकम असुल गरेको आरोपमा उनलाई उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार पक्राउ गरेको हो ।

उनीमाथी नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको आरोप छ ।

उनको ग्लोबल आईएमआई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मासमेत भएको खुलेको छ । यसअघि समेत उनी अनलाइन बेटिङ प्रकरणमा पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्