Logo

दुई दिनसम्म देशभरका पसलमा सामसङ फोनको डिस्प्ले नगर्ने

काठमाडौं– नेपाल मोबाइल व्यवसायी महासंघले आन्दोलको घोषणा गरेको छ । महासंघले दुई दिनसम्म देशभरका पसलमा सामसङ फोनको डिस्प्ले नगर्ने निर्णय गरेको छ । व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको भन्दै आन्दोलन घोषणा गरेको हो ।

धनगढीमा भदौ २० गते सामसङ नेपालले सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका मोबाइल व्यवसायीका लागि आयोजना गरेको ‘रिटेल मिट कार्यक्रम’ मा व्यवसायीहरूले मार्जिनको विषय उठाएका थिए । उनीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए । तर सामसङ नेपालका प्रतिनिधिहरूले भने यो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै पन्छिएका थिए ।

दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाए थप दुई दिन कम्पनीका व्यवसायिक प्रतिनिधिलाई फिर्ता पठाउने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्