वायु सेवा निगमको एउटा जहाज प्राविधिक जाँच गरेर फर्कियो


काठमाडौं– करिब तीन महिना पहिले प्राविधिक जाँच गर्न इटाली पठाइएको एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–एएलवाई आज काठमाडौंमा अवतरण गरेको छ । । २२ जुनमा सीचेक (हवाईजहाजको प्राविधिक जाँच) का लागि पठाइएको वाइडबडी जहाज आज बिहान ८ः३६ मा काठमाडौं अवतरण गरेको हो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अर्को वाइडबडी जहाज केएलवाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।