पूजाको प्रसाद खाँदा एउटै टोलाका ६० जना बिरामी


झापा– झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा पूजाको प्रसाद खाँदा टोल नै बिरामीमा परेको छ । स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।

अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी की निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।

प्रसाद खाने अधिकांशलाई पखाला र बान्ता भएको उनले जानकारी दिए । केहिलाई ज्वरो पनि देखिएको उनले बताएका छन् ।