Logo

महासभामा भाग लिन अमेरिकामा जानुअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्नेछन् । भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

महासभामा भाग लिन प्रधानमन्त्री ओज असोज ४ गते अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्