ओली, देउवा र प्रचण्डबिच बालुवाटारमा भेटवार्ता


फाइल फोटो

काठमाडौं– नेपालका प्रमुख तीन दलका नेताहरु बालुवातारमा भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका हुन् । केही समयअघि देउवा र प्रचण्ड बालुवाटार छिरेका हुन् ।

उनीहरुबिच संवैधानिक परिषद्को बैठकसम्बन्धी परामर्श र समसामयिक राजनीतिक विषयमा नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप–प्रत्यारोप चलिरहेको छ । जसकारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित भएको छ ।

यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् ।